काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित बुढानीलकण्ठमा बनेको धर्मशाला उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बुधबार बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला (अतिथिगृह) को उद्घाटन गरेका हुन् । बुढानीलकण्ठ मन्दिरका मठाधीश स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरू गगनकुमार थापा र प्रदीप पौड...
