काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउन भारतीय दूतावास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी दुई परियोजनाको कूल अनुमानित लागत आठ करोड रुपैयाँ रहेको छ । ...

