बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रौतहटका उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उमाशंकर प्रसाद मधेशी जनअधिकार फोरम नेपालदेखि नै उपेन्द्र यादवका साथमा राजनीतिमा लागेका थिए । फोरमको बुद्धिजिवी संगठनमा रहेर काम गर्दै आएका उनलाई अर्थशास्त्रीको रुपमा...
