मधेश प्रदेशका मुख्‍यमन्त्रीले आइतबार विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तत्कालै विश्वासको मत दिने केन्द्रीय गठबन्धनमा सहमत भएको छ ।

विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । तर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार मधेश सरकार आलोपालो प्रणालीलगायत अन्य विषयमा पछि बैठक बसेर टुंगो लगाउने सहमति भएको छ । मधेशमा जसपाका यादव मुख्यमन्त्री छन् ।

माघ ९ गते जनमतका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि ३० दिन भित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनु पर्ने कानुनी बाध्यता छ । अगामी फागुन ९ गते भित्र विश्वासको लिइ सक्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार