सरकारद्वारा ११ देशका राजदूत फिर्ता

प्रधानमन्त्रीको भ्रमणअघि भारतका लागि राजदूतलाई पनि सरकारले फिर्ता बोलायो सरकारले विभिन्न ११ देशका लागि नियुक्त राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को आजको बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्...

चीनको २१ सैन्य विमान र ६ नौसेना जहाज ताइवानमा प्रवेश

ताइपेइ । चीन र ताइवान बिचको तनाव थप बढेको छ। हालै मात्रै २१ चिनियाँ सैन्य विमान र ६ नौसेना जहाज ताइवान वरपर घुमेका छन्, जसले चीन र ताइवान बिच थप विवाद बढाउने देखिएको छ। ताइवानी रक्षा मन्त्रालयका अनुसार ती विमानहरू शनिवार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म देखिएका छन् । ताइवान एमडीका अनुसार २१ वटा पिपुल्स लिबरेसन ...

सुरु भयो अन्तरदेशीय अनलाइन कारोबार, अब भारतीय पर्यटकले फोनपे क्यूआरमा भुक्तानी गर्नसक्ने

काठमाडौं । भारतीय पर्यटकले आजदेखि नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुरुप बुधबारदेखि यो सुविधा प्रारम्भ भएको हो । यसअन्तर्गत भारतमा भिम यूपीआई ((BHIM) र फोनपे (PhonePe) भुक्तानी सेवाप्रदाय...

नेपालकी परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेकाे छ : एस जयशंकर

काठमाडाैं । परराष्ट्र सचिव सेवा लम्साल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँदिल्लीमा भेटवार्ता भएकाे छ । आठौँ एसिया इकोनोमिक डाइलगमा भाग लिन दिल्ली पुगेकी लम्साल र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएकाे हाे । लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेकाे जयशंकरले बताएका छन् । उनले भेटमा द्विपक्षीय सम्बन...

नरेन्द्र मोदी भन्छन् – सन् २०३५ सम्ममा अन्तरिक्षमा भारतको आफ्नो स्टेसन हुनेछ

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने बताएका छन् । तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र (भिएसएससी) मा एक भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यस कार्यले अन्तरिक्षको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताए । भारतीय अ...

नेपालबाट तस्करी भएको ४५ लाखको चिनियाँ भेप दिल्लीमा बरामद

भारत । भारतको नोएडास्थित कोतवाली सेक्टर–३९ प्रहरीले चीनबाट नेपाल हुँदै तस्करी भएको ई–सिगरेट (भेप) बरामद गरेको छ । भारतीय प्रहरीले शनिबार सेक्टर ४१–४२ कटानबाट तस्कर गिरोहका दुई जनालाई पक्राउ गरेको हो । भारतमा भेप प्रतिबन्धित छ । पक्राउ परेकाहरु खातिमा (उत्तराखण्ड) निवासी अहमद रफी र तस्लीम रहेको प्रहरीले जनाएको छ । उन...

चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाज रोकिनु पर्दैन : ताइवान

ताइपेई । ताइवाने चिनियाँ तटरक्षक जहाजसामु ताइवानी जहाजहरु रोकिनु नपर्ने घोषणा गरेको छ । हालै चिनियाँ तटरक्षक जहाज र ताइवानी जहाजबीच मुठभेडको अवस्था आएसँगै ताइवानले यस्तो घोषणा गरेको हो । ताइवानको समुद्र मामिला परिषदमन्त्री क्वान बि लिङले ताइवानी जहाजहरु चिनियाँ तटरक्षक जहाजसामु रोकिनु आवश्यक नरहेको जनाएकी हुन् । यसअ...

चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै

बेइजिङ । चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै गएको पाइएको छ । हङकङ पोस्टका अनुसार लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएकाले प्रत्यक्ष वैदेशिक लगानी घटेको हो । हङकङ पोस्टका अनुसार सन् २०२३ मा चीनको प्रत्यक्ष लगानीको दायित्व भुक्तानी सन्तुलनको ३३ अर्ब डलर पुगेको छ । सन् २०२२ को तुलनामा यो ८२ प्रतिशत...

भुटानी भूमिमा चिनियाँ पाइला, एउटै गाउँमा बसायो १४७ परिवार

बेइजिङ । चीन यस्तो देश हो जसको लगभग सबै छिमेकीहरूसँग क्षेत्रीय विवाद छ। यसको विस्तारवादी अजेन्डा, विशेष गरी तिब्बतको सीमावर्ती क्षेत्रमा हिमालय क्षेत्रका देशहरूका लागि चिन्ताको विषय बनेको छ। यसले भर्खरै विवादित भुटान-चीन सीमानामा बनेका तीन वटा गाउँमध्ये एउटामा १४७ परिवारलाई बसाइदिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनु...

चिनियाँ अपार्टमेन्टमा आगलागी, १५ जनाको मृत्यु

काठमाडाैं । पूर्वी चीनमा एक अपार्टमेन्टमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ। घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ। नानचिङ सहरमा सो आगलागी भएको थियो। इलेक्ट्रिक बाइक राखिएको भवनको पहिलो तलाबाट आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन्। तर, आगलागीको कारण पनि स्पष्ट भइसकेको छेन। नानचिङ ८० लाखभन्दा बढी...