काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ तिंकरका अमितसिंह तिंकरीले चार वर्षदेखि रोजगारी मात्र गुमाएका छैनन्, उनको पुस्तैनी व्यापारको रूपमा चलेको पसल सीमापारिको चिनियाँ स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट (पुरङ) मा अलपत्र परेको छ। कोभिड–१९ को महामारी शुरू भएपछि बजार र सीमा नाका एकसाथ बन्द हुँदा २०७६ चैतमा सामा...
