–आत्माराम प्रसाद साह म पेसाले इन्जिनियर हुँ । मैले व्यवस्थापन पनि पढेको छु । बिस २०४६ देखि बिस २०५४ सम्म एउटा ‘फ्याक्ट्री’को व्यवस्थापन सम्हालेको थिएँ । जतिखेर उपेन्द्र यादवजीले मधेशी जनअधिकार फोरम स्थापना गर्नुभयो, त्यसबखत म ‘जिएम’ पदमा कार्यरत थिएँ । त्यो पद त्यागेर म...


