१४ दिनमा चारपटक सगरमाथा चढेर शेर्पाले राखे कीर्तिमान

काठमाडौं । १४ दिनमा चारपटक सगरमाथा चढेर ताशीगल्जेन शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । कीर्तिमान राखेर फर्किएका शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ । ताशीले यस सिजनमा पहिलोपटक मे ९ मा पहिलोपटक सगरमाथा चढेका थिए । उनले दोस्रोपटक मे १४ मा, तेस्रोपटक मे १९ मा र चौथोपटक मे २३ मा सगरमाथा चढेर कीर्तिमान कायम गरेका ह...

भन्सार प्रमुख कुटेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

धनगढी । कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र नगर प्रहरी हवल्दा...

भन्सार प्रमुखमाथि हातपात गर्ने धनगढीका नगर प्रहरी इन्स्पेक्टर फरार

धनगढी । कार्यालयमै घुसेर कैलालीका भन्सार प्रमुखमाथि हातपात गरेको आरोप लागेका धनगढी नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामी फरार भएका छन् । शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोप लागेका धामी फरार भएका हुन् । भन्सार प्रमुखको किटानी जाहेरीका आधारमा पक्राउको तयारी भ...

माओवादीले भन्यो– गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्...

तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । अन्य चार नाबालकविरुद्ध भने सोमबार...

‘कुलिङ पिरियड’ हटाउन हूल बाँधेरै सचिवहरूको दौडधुप

काठमाडौँ । निजामती कर्मचारी विधेयकमा ‘कुलिङ पिरियड’ राख्न संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गरेको सर्वसम्मत निर्णयलाई चुनौती दिँदै सरकारका मुख्यसचिव र संसद्का महासचिव नै विरोधमा उत्रिएका छन् । राज्य सञ्चालनको मुख्य भूमिकामा रहेका मुख्यसचिव एकनारायण अर्याल र संसदीय निर्णय प्रक्रियामा मेरुदण्ड मानिने महासच...

पतञ्जलिको जग्गा अनियमितता अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुटमा जग्गा लिएर गैरकानुनी रूपमा हाउजिङलाई बेचेको प्रकरणमा अनुसन्धान गर्न संसदीय समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । पतञ्जलिका नाममा भएको जग्गा भ्रष्टाचार प्रकरणमा अख्तियारले एक वर्षदेखि विस्तृत अनुसन्धान गरिरहेकामा बिहीबार प्रतिनिधिस...

पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु

तपाईहरू सबैले चिन्ताको साथ उठाउनुभएको छ, माओवादी वा क्रान्तिकारी कम्युनिष्टहरू एक हुनुपर्‍यो, बलियो हुनुपर्‍यो र आउँदो चुनावमा ०६४ जस्तै एक नम्बर पार्टी हुनुपर्‍यो । हाम्रा समस्या समाधान हुनुपर्‍यो । हामी समाजवाद र साम्यवादको निम्ति भनेर अगाडि बढेको हो। त्यो यात्रा निरन्तर अगाडि बढ्न पर्‍यो । तपाईंहरुले यो कुरा सबैज...

‘कुलिङ पिरियड’ को प्रस्तावले सचिवहरू असन्तुष्ट

काठमाडौँ । पदमा बहाल छँदैदेखि राजनीतिक ‘सेटिङ’ मिलाएर संवैधानिक आयोगलगायत विभिन्न राजकीय पदमा नियुक्ति लिने प्रवृत्तिको अन्त्य गर्न दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्थासहितको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट २ जेठमा सर्वसम्मतिले पारित भइसकेको छ । तर, संसदीय समितिबाट पारित भइसकेको ‘कुलिङ पिरियड’क...

ग्वार्को ओभरपास: जेठभित्रै सक्ने तयारी, यसरी हुँदैछ काम

काठमाडौँ- ललितपुरको ग्वार्कोमा बनिरहेको ओभरपासमा यही जेठ मसान्तभित्र सवारीसाधन गुडाउन मिल्ने गरी काम भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको काम जेठ १५ भित्रै सकेर सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको निर्माण कम्पनीले बताएको छ । ओभरपास निर्माण सम्झौताको समय सकिएर एक वर्ष...