गौतम बुद्धको अस्थिधातु समाधिस्थल निजीलाई लिजमा दिने सम्झौता रद्द

काठमाडौँ । लुम्बिनी विकास कोष कार्यकारिणी समितिको बैठकले गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता, समझदारी रद्द गरेको छ । प्रतिनिधिसभाको सार्वजनिक...

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं । लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असारमा सन्चालन गरेको खुला तथा सामावेशी विज्ञापनको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । प्रारम्भिक परीक्षामा सहभागी झण्डै १६ हजार परीक्षार्थीहरुमध्येबाट अधिकृत पदमा नियुक्तिका लागि...

कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

२६ माघ, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिए । सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत...

संघीय मन्त्रीहरुको उदासिनताले संघीयता नै खतरामा :मुख्यमन्त्रीहरु

मुख्यमन्त्रीहरूले गरे संघीय मन्त्रीको आलोचना, मागे रिपोर्ट कार्ड २५ माघ, काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारका मन्त्रीहरु र कर्मचारीको चर्को आलोचना गरेका छन् । संघीयता कार्यान्वयनमा संघीय मन्त्रीहरु उदासीन भएका र मन्त्रालयहरुले गर्नुपर्ने काममा तत्परता नदेखाएका उनीहरुले आरोप लगाए । बिहीबार सिंहद...

मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत पाउनै सकसः दुई मन्त्रालयमा चार पार्टीको दावी

जनमत पार्टीका दुई मन्त्रीले गत माघ ११ गते सरकार छाडेपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने र फेरि सरकारलाई पूर्णता दिनुपर्ने बाध्यतामा छन् । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले अब १८ दिनभित्र विश्वासको मत लिनुपर्छ भने जनमतले छाडेको दुई मन्त्रालयमा पनि छिटै मन्त्री नियुक्त गर्नुपर्नेछ । ...

अरुण चौधरीसहित ३ जना रिहा

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई द...

चौधरीलाई छुटाउन विभिन्न समुहको दबाबः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि अपराध गर्ने छुट नभएको बताएका छन् । कर्मचारी होस् वा उद्योगी व्यवसायीले अपराध गर्दा कारबाही थाल्यो भने बक्तव्यबाजी र दबाब सुरु हुने उनले बताए । बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हिनामिना गरेको आरोपमा व्यवसायी अरुण चौधरी लगायत पक्राउ परेपछि नेपाल उद्योग प...

मिटरब्याज पीडितहरूको आन्दोलनमा ‘न्याय मार्च’ सुरु

काँकडभिट्टा — ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो । पूर्वमा अध्यक्ष अवधेश कुशवाहा र महाकालीमा प्रवक्ता नीर्ग नवीनले आन्दोलनको अगुवाइ गरेका छन् । पूर्वको...

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा अरूण चौधरी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले अरूण चौधरीलाई पक्राउ गरेको छ। बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सिआइबीले चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले चौधरीलाई पक्राउ गरेको सेतोपाटीलाई जानकारी दिइन्। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी ज...

उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोग सदस्य नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रौतहटका उमाशंकरलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उमाशंकर प्रसाद मधेशी जनअधिकार फोरम नेपालदेखि नै उपेन्द्र यादवका साथमा राजनीतिमा लागेका थिए । फोरमको बुद्धिजिवी संगठनमा रहेर काम गर्दै आएका उनलाई अर्थशास्त्रीको रुपमा...