भारतको अनुदान सहयोगमा बन्ने दुई परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा स्वास्थ्य सेवा तथा शैक्षिक क्षेत्रमा दुईवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण कार्य अघि बढाउन भारतीय दूतावास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी दुई परियोजनाको कूल अनुमानित लागत आठ करोड रुपैयाँ रहेको छ । ...

मुस्लिम जर्नलिस्ट क्लबद्वारा सात जनालाई अन्तर्राष्ट्रिय सम्मान

बाँके । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहीबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा बाँकेका सातजना वरिष्ठ व्यक्तित्वलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएकाे छ । ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १३० जना मुस्लिम जनप्रतिनिधिहरुका ...

अपहरणमा परेको भ्रम फैलाउने दुई युवा पक्राउ

झापा । आफू अपहरणमा परेको भनी भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार वैशाख ३१ गते नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले भ्रष्टाचारविरुद्ध बुधबारेमा आयोज...

चिनियाँ नागरिकका कारण नायब सुब्बाकाे जागिर धरापमा

काठमाडौं । भन्सार कार्यालयका कर्मचारीको संलग्नतामा चिनियाँ नागरिकले विदेशबाट नेपालभित्र सुन तस्करी गरिरहेकाे घटना बाहिरिएको छ। त्रिभुवन भन्सार कार्यालयका एक कर्मचारी समातिएपछि घटनाको पर्दाफास भएको हो। अब ती चिनियाँ नागरिककाे पनि प्रहरीले खाेजी गरिरहेकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको (सीआइबी) टोलीले...

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

चितवन । चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलव...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पाँच कसुर आकर्षित हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति मागेको थ...

सार्वजनिक सवारी साधनको गाडी भाडा घट्यो, कहाँको भाडा कति ? (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । विभागले सूचना जारी गर्दै इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो । यातायात व्यवस्था विभागले घटेको मूल्य आजदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्...

सहकारीको ३३ लाख चोरी गरी फरार रहेका दुई पक्राउ

काठमाडाैं । काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थामा चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पनौती नगरपालिका–७ स्थित पनौती सामुदायिक सहकारी संस्थामा चोरी गरी रु ३३ लाख लिएर फरार भएकालाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएको वैशाख १७...

हनुमानस्थानमा रहेको अनधिकृत संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर हनुमानस्थानमा रहेको अनधिकृत संरचना भत्काएको छ । हनुमानस्थानमा रहेको क्वानमुकान कराँते संघको प्रशिक्षण भवनमा महानगरले डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेका अनुसार पटकपटक जानकारी गराउँदा पनि भवन खाली नगरेपछि महानगरले डोजर लगाएको हो । संघका व्यक्तिहरूल...

टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा ...