ऊर्जामन्त्रीलाई नहटाए देश डुब्छ, जनआन्दोलन अन्तिम उपाय देखियो: महावीर पुन

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले ऊर्जामन्त्रीलाई नहटाए देश डुब्ने बताउँदै जनआन्दोलन अन्तिम उपाय देखिएको जिकिर गरेका छन्। ऊर्जामन्त्री खड्काका कारण दिउँसै अध्यारो भएको भन्दै बृहत जनआन्दोलन गरेर उनलाई हटाउन...

खोलाको धमिलो पानी खान बाध्य छन् हुम्लाको तिल गाउँवासी

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलका बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् । गत जेठ १ गते हिमताल भासिएर लेदो सहितको बाढीले खानेपानीको संरचना समेत क्षतविक्षत भएपछि स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएका हुन् । नाम्खा गाउँपालिका– ६ तिल गाउँका स्थानीय कन्जोक फुर्व लामाले गाउँमा खानेपानीको पाइप र...

तीन वर्षमा १६७ पालिकाले मात्रै गरे जग्गाको पूर्ण वर्गीकरण

काठमाडौँ । भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बित्दासम्म मुलुकका ७ सय ५३ मध्ये १ सय ६७ पालिकाले मात्रै जग्गाको पूर्ण वर्गीकरण गरेका छन् । बाँकी ५ सय ८६ पालिकाले आगामी असारसम्म जग्गाको वर्गीकरण नगरे पुनः कित्ताकाटलगायत जग्गा प्रशासनसम्बन्धी काम ठप्प हुने जनाइएको छ । यसअघि २०८१ भदौमा पनि जग्गाको पूर्ण वर्गीकरण नगर्दा ६...

कृषि उत्पादनको प्रयोगशाला परीक्षण शुल्कमा सहुलियत दिने सरकारको तयारी

काठमाडौँ । सरकारले निर्यात हुने कृषि उपजको प्रांगारिक प्रमाणीकरण तथा प्रयोगशाला परीक्षण शुल्कमा सहुलियत दिने तयारी गरेको छ । जेठ १५ मा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस्तो कार्यक्रम ल्याउन लागेको हो । गत आर्थिक वर्षको बजेटमा सरकारले शत प्रतिशत नेपालमा नै उत्पादित कृष...

सीएमसीईले भन्यो– ‘पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनले गम्भीर बनायो’

काठमाडौं– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड (सीएमसीई)ले सार्वजनिक लेखा समितिको प्रतिवेदन उदृत गरेर प्रकाशन भएका सामग्रीप्रति आश्चर्य र चिन्ता प्रकट गरेको छ । सीएमसीईले आज गोरखापत्रमा विज्ञप्ति प्रकाशन गर्दै समितिकाे प्रतिवेदनमा थुप्रै त्रुट...

सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुसँग भएको सहमतिप्रति राज्य पक्ष जिम्मेवार र इमानदार नदेखिएको टिप्पणी गरेको छ ।  महासंघले आज एक विज्ञप्ति जारी गरी विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय ...

ढल्केबरमा किसान आन्दोलनका शहीद मुंगालाल र मोहनको शालिक अनावरण

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ ढल्केबर चोकमा किसान आन्दोलनका शहीद मुंगालाल महतो र मोहन महतोको शालिक अनावरण तथा स्मृति भवनको उद्घाटन गरिएको छ । मंगलबार शहीद द्वय महतोको ४६औं स्मृति दिवसको अवसरमा नगरपालिकाका मेयर महेन्द्र महतो, नागरिक समाजका अगुवा तथा लेखक रामरिझन यादवसहितका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा शाल...

गुम्बामा पढाउने भन्दै गैरकानुनी रुपमा भारत लगिएका १९ जना बालकको सीमाबाट उद्धार

भैरहवा । अनधिकृत तथा गैरकानुनी रुपमा भारतको कर्नाटक राज्यमा लैजाँदै गरिएका १९ जना नेपाली नाबालकलाई सुनौली/बेलहिया सीमा नाकाबाट उद्धार गरिएको छ । भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययन गराउने भनेर अभिभावक बिना लगिएका ती नाबालकलाई महिला तथा बालबालिका बेचबिखन तथा ओसार पसारविरुद्ध भारतमा क्रियाशील संस्था ‘किन...

माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्‍यायो : कांग्रेस महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्‍याएको आरोप लगाएका छन्। आइतबार कास्कीको रूपा गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। 'माओवादीले देशलाई विखण्डनकारी बाटोमा पुर्‍यायो,' उनले भने, 'जात, लिङ्ग के-केको नाममा; हिजो अस्तिसम्म दाजुभाइ भन...

भ्रष्टाचार आरोप लागेका बस्नेतलाई अतिथि बनाएर कार्यक्रम नगर्न दुई गाउँपालिकाको निर्देशन

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकका दुई गाउँपालिकाले भ्रष्टाचारको आरोप लागेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथि बनाएर कार्यक्रम नगर्न निर्देशन दिएका छन्। सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना र लिसंखु पाखार गाउँपालिकाका अध्यक्ष राजु लामाले छुट्टा-छुट्टै विज...