काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै संविधानको विरोध नगर्न चेतावनी दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पाएको बेलामा मन्त्री बन्ने, संविधानकै माध्यमबाट बनेको प्रदेशमा सभामुख बन्ने तर अहिले पुनः सं...


