प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ जेठमा पोखरामा आन्तरिक प्रशिक्षणमा पार्टी होइन, गुट बनाउँदा समस्या आएको भन्दै आक्रोश पोखे । गुट बनाउने मात्र हाेइन्, उनले पार्टी नै फुटाउने सोच्नेहरूको हालत मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवको जस्तो हुने चेतावनीसमेत दिन भ्याए । प्रचण्डकाे संकेत प...
